धरान : जनता समाजवादी पार्टीले भदौदेखि मङ्सिर महिनाको अवधिलाई सङ्गठन बिस्तार तथा जनजागरण अभियान (सुज अभियान) चलाएको छ ।

सुज अभियानमा सङ्गठन निर्माणसँगै जनताको आवाज बुलन्द गराउँदै पार्टीलाई अगाडि बढ्ने रणनीति लिएको छ । सुनसरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा सुज अभियानमा प्रशिक्षणका लागि वरिष्ठ नेता अशोक राई आइपुगेका छन् ।

वराहक्षेत्र नगरपालिकामा ५२ जना जनता समाजवादीमा प्रवेश गरेको दुई दिनपछि धरानमा १५ जना पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको पार्टी कार्यालय शान्तिपथमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक राईले खादा लगाएर स्वागत गरेका थिए ।