धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ३८७ जनाको पीसीआर परीक्षण गर्दा ९२ र ४२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५६, सुनसरीमा २४, झापामा ९, धनकुटा, इलाम र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बुढीगंगा र कटहरीमा ३-३, बेलबारीमा २, सुन्दरहरैचा, केराबारी, रतुवामाई र जहदामा १-१, सुनसरीको इटहरीमा १८, धरानमा ४, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, झापाका दमकमा ६, शिवसताक्षीमा ३, धनकुटाको पख्रिबास, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज २८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १४३ महिला र १३९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।