धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०-१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६-६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४-४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २-२, वराहक्षेत्र र दुहबीमा १-१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १-१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १-१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।