धरान : इलामको सूर्योदय नगरपालिका-६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका-१० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार रहेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय रुपियाँ ११ लाख फेला परे पश्चात् पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।

पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।