धरान : मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिव कुमार कार्की रहेका छन् ।

हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रतिबन्धित औषधि Tramadol– ४१७ क्याप्सुल र Spaspain–४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भइरहेको छ ।