मोरङ : बेलबारी-३ स्थित सुन्दर टोलमा सोमबार (आज) बिहान आगलागी भएको छ।

स्थानीय खड्गबहादुर राईको घरमा आगलागी हुँदा राईको काठको टाढे घर जलेर नष्ट भएको छ। बिहान ४ बजेबाट सुरु भएको आगोलाई नियन्त्रणमा लिन बेलबारी नगरपालिका र सुन्दरहरैँचा, कानेपोखरी, उर्लाबारी, लेटाङ लगायतका स्थानीय पालिकाका वारुण यन्त्रको प्रयोग गरिएको थियो।

आगलागीमा घरमा रहेका धानको भकारी तथा दुई वटा सुँगुर मरेको बताइए पनि पूरा क्षतिको विवरण आउन भने बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।