धरान : प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ र धनकुटामा १-१ जनामा सङ्क्रमण देखिएको हो।

झापाको बिर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८-८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २-२, हल्दिबारी र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३-३, सुन्दरहरैचामा २, सुनबर्षी, पथरीशनिश्चरे, जहदा र कटहरीमा १-१, सुनसरीको धरानमा ११, इटहरीमा १०, रामधुनी, दुहबी र इनरुवामा १-१, उदयपुरको बेलका र कटारीमा १-१, पाँचथरको हिलिहाङ, ताप्लेजुङ, र धनकुटाको धनकुटा नगरपालिकामा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १८७ महिला र १५७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।