धरान : २०५८ सालबाट प्लस टु सञ्चालन गरिरहेको नेशनल एकेडेमी समूहले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एक मात्र स्कुलको रूपमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि सञ्चालनमा ल्याउने भएको छ ।

सञ्चालनमा आउन लागेको मन्टेश्वरी अन्य परम्परागत मन्टेश्वरी भन्दा फरक हुने उक्त समूहले जनाएको छ । धरानमा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको उक्त समूहले यो मन्टेश्वरी सञ्चालनमा ल्याउन लागेको हो ।

तिहार अगाडि सञ्चालनमा आउने मन्टेश्वरीको तयारी धमाधम भइरहेको जानकारी दिइएको छ । मन्टेश्वरी सम्बन्धी गलत बुझाई स्थापित भएकाले पनि आफूहरूले मन्टेश्वरी सुरु गर्न लागेको मन्टेश्वरीका संरक्षक तथा नेशनल एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले बताए ।

मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेज सम्म अभ्यासमा ल्याउने उनले बताए । विधार्थीहरुको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास जस्ता चौतर्फी विकासलाई ध्यान दिई मन्टेश्वरी सञ्चालन हुने समेत उनले बताए । यसका लागि मन्टेश्वरी अभिमुखीकरण तालिम समेत सञ्चालन गर्न लागेको छ ।