विराटनगर : प्रदेश १ मा १९२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको कनकाईमा १३, बिर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५-५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २-२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १-१, सुनसरीको इटहरी र धरानमा ६-६, दुहबीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुली, धनकुटाको पाख्रिबास र उदयपुरको कटारीमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा आज १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।