धरान : धरान वडा नं. १४ का फुटबल खेलाडीहरूलाई टी–सर्ट वितरण गरिएको छ ।

मङ्गलवार आइडल बोर्डिङ स्कुल धरान-१४ ले एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै टी-सर्ट वितरण गरेको हो । कार्यक्रममा मेयर तिलक राईले खेलाडीहरूलाई टी–सर्ट वितरण गरेका थिए ।

स्कुलका निर्देशक सागर खड्काले इतिहासमै पहिलो पटक वडा नं. १४ ले २१ औँ गोधुली रनिङ कपमा विजेता भएको भन्दै खेलाडीहरूको सम्मान स्वरूप टी-सर्ट वितरण गरिएको जानकारी दिए । मेयर राईले गोधुली कपमा धरान-१४ को ऐतिहासिक जित हासिल गर्न सकेको बताए । आइडल स्कुलले खेलाडीहरूको सम्मान स्वरूप टी-सर्ट वितरण गरेको भन्दै मेयर राईले प्रशंसा समेत गरे ।

टी-सर्ट वितरण कार्यक्रममा १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।