विराटनगर : प्रदेश १ मा १९७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र उदयपुरमा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा ८, बुढीगंगा र रतुवामाईमा २-२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १-१, झापाको भद्रपुरमा ११, कनकाई र बिर्तामोडमा ७-७, दमक, मेचीनगर र अर्जुनधारामा ४-४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा २६, धरानमा ९, इनरुवामा ४, रामधुनीमा २, दुहबी र हरिनगरमा १-१, धनकुटाको धनकुटामा २ र पाख्रिबासमा १, पाँचथरको हिलिहाङमा २, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७६ महिला र ७७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।