इटहरी : प्रदेश १ को प्रदेश सभाको नयाँ भवन तयार भएको छ ।

लामो समय देखी साँघुरो हलमा सञ्चालन हुँदै आएको प्रदेशसभा बैठक अब खुल्ला भवनमा हुने भएको हो।
बुधवार एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले नयाँ भवनको उद्घाटन गरेका छन् । आगामी २२ गते बोलाइएको प्रदेश सभा नयाँ भवनमै बस्नेगरि तयारी अगाडी बढाइएको छ। २०७७ असोज १ गते शिलान्यास गरिएको भवन एकबर्षमै निर्माण पुरा भएको हो ।

सो भवन प्रदेश सरकार आफैँले निर्माण गरेको पहिलो संरचना हो। प्रदेशका सबै कार्यालयहरू यसअघिका क्षेत्रीयस्तरका कार्यालयहरूमा रहँदै आएका छन् । तीन करोड १० लाख १८ हजार ३६८ रुपैयाँको लागतमा निर्माण भएको भवनमा प्रदेश सांसदहरूका लागि ११० वटा कुर्सी राखिएको छ । टेबलमा माइक जडान गरेर व्यवस्थित बनाइएको छ ।

साबिक प्रदेशसभा रहेको परिसरभित्रै नयाँ भवन निर्माण गरिएको हो । शुक्रवारदेखि सुरु हुने हिउँदे अधिवेशन सोही भवनमा बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। नयाँ भवनमा दर्शक दीर्घातर्फ कुल ४०, पत्रकार तर्फ २० र कर्मचारीको लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

Pradesh-Sava-Bhawan-2Pradesh-Sava-Bhawan-4Pradesh-Sava-Bhawan-3