धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिका ४ मध्य पहाडी लोक मार्गमा बा २ ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ वर्षीय धन बहादुर पाठक रहेका छन्। हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउँदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भीर घाइते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस र बस चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ वर्षीय दुर्गा बहादुर श्रेष्ठ इलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।