इटहरी : इटहरी उपमहानगरपालिका-१६ लायन्स चौक स्थित पूर्व-पश्चिम लोक मार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका-२ का २५ वर्षीय सुसान्त भट्टराई र सङ्खुवासभा चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन बिक रहेको प्रहरीले जानकारी दिएको छ।

हिजो राती सँवा ११ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाबाट जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।