विराटनगर : धरानमा ५ जना सहित प्रदेश १ मा १२६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३-३, भद्रपुर र कमल गाउँपालिकामा २-२ र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १-१, सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४४ महिला र १२४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।