झापा : झापाको बिर्तामोड नगरपालिका चारपानेस्थित नमस्ते प्लाइउडमा आगलागी भएको छ ।

दिउँसो ५ बाट आगलागी सुरु भएको प्लाइउडका सञ्चालक राजु जैनले बताए । आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको वरुण यन्त्र प्रयोग भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

अझै २५ प्रतिशत आगो नियन्त्रणमा आउन बाँकी रहेको डिएसपी आचार्यको भनाई छ । आगलागीबाट ७० लाख बढीको क्षति भएको सञ्चालकले जनाएका छन् । आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लाइउड बोर्ड, फाइबर ध्वस्त भएको प्रहरीले बताएको छ ।