झापा : झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको नमस्ते प्लाइ उद्योगमा हिजो साँझ आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

उद्योग सञ्चालक राजु जैनका अनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको छ । बिर्तामोड तथा भद्रपुर नगरपालिकाका वारुण यन्त्र, उद्योगमा सञ्चित पानी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।