धरान : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८ औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नेपाली काङ्ग्रेसबाट गृह मन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री नारायण खड्का, सञ्चार-सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, रक्षा मन्त्री मिनेन्द्र रिजाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल मन्त्री भएका छन् ।

यसै गरी माओवादी केन्द्रबाट अर्थ मन्त्री जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज मन्त्री भएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट शहरी विकास  मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ मन्त्री भएका छन् ।

यस्तै जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री प्रमोद साह भएका छन् ।

देउवा प्रधानमन्त्री भएपछि ८८ औ दिनमा आज मन्त्री मण्डलले बल्ल पूर्णता पाएको हो । गत असार २९ गते केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

Mantri-Nemelist-1 Mantri-Nemelist-2