धरान : झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० वर्षीय नीरज तामाङ रहेका छन् । हिजो बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जाँदै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरेको छ ।