धरान  : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति गर्न थालेका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएका छ । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गर्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रदेश सरकारले फणीन्द्र अधिकारी, देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई पर्यटन बोर्डमा नियुक्त गरेको छ ।

त्यस्तै प्रदेश खेलकुद विकास बोर्डमा पाँचथरका बाबा मेन्याङ्बो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन् ।

प्रदेश श्रम सल्लाहकार समितिको उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।

सभामुखले संविधान र नियमावली च्याते : आङ्बो

सभामुख प्रदीपकुमार भण्डारीले संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पारेको नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताएका छन् ।

Indra-Angbo-status

पूर्व अर्थमन्त्रीसमेत रहेका आङबोले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्ए-'माले संसदीय दलको निर्णयलाई कार्यान्वयन गर्दै सभामुख ज्युले भोलि १ बजे बोलाइएको प्रदेश सभा बैठक सूचना टाँसेर कार्तिक ५ गते बोलाउनु भयो ।

हामीले ध्यानाकर्षण गराउँदा गराउँदै पनि सभामुखले तटस्थता र निष्पक्षता होइन पक्षधरता जनाउँदै संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पार्नुभएको छ,यी सबै परिघटनाको समीक्षा र मूल्याङ्कन इतिहास र भविष्यले गर्ने नै छ,तपाईँको आगामी दिन यस्तै रहोस् बधाई छ सभामुख ज्यु...।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरूले बताएका थिए । तर मुख्यमन्त्री आचार्यले दशैपछि मात्रै विश्वासको मत लिने बताउँदै आएका थिए ।