सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक तेह्रथुम लालिगुरास नगरपालिका १ धुर्मुसे का ३७ वर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जाँदै गरेको अन टेष्ट ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमा नै मृत्यु भएको हो । 

घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटे देउराली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली बाट थप अनुसन्धान भइरहेको छ ।