सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ केराबारी स्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको मिल्लर गाडी गाडी पल्टँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चालक भारत विहारका ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत उत्तर प्रदेशका ४० वर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्‍याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदवारिमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा अस्थायी प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।