धरान : तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरेमा श्रीमान् श्रीमतीको झगडा हुँदा श्रीमानको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ५४ वर्षीय गोविन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु बिच मादक पदार्थ सेवन गरी झगडा गर्दा श्रीमान् गोविन्द बहादुरको ज्यान गएको हो ।

हिजो बेलुका ९ बजे उनीहरू आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी छथर अस्पताल पठाइएकोमा राती पौने १ बजे गोविन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाइएको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय वसन्तपुरले थप अनुसन्धान गरिरहेको छ ।