विराटनगर : सुनसरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो।

झापाको बिर्तामोडमा १२, मेचीनगरमा ९, शिवसताक्षीमा ४, कनकाईमा ३, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा २-२, गौरादहमा १, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा ३, बुढीगंगामा २, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनबर्षीमा १-१, सुनसरीको इटहरी र स्थानीय तह नखुलेका ५-५, धरानमा ३, भोक्राहानरसिंहमा १, इलामको रोङमा २, इलाम नगरपालिका र माईमा १-१, उदयपुरको कटारी र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३१ महिला र ५४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।