धरान : हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेको कारण मौसममा बदली भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भइरहेको छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरू र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०२ गते 

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरु र प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।  प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरू, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक ०३ गते

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्विनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ र  प्रदेश २ का एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक ०४ गते

दिउँसो : प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। 

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती : प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ। 

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।