धरान : अविरल वर्षासँगै धरान-१३ नागेश्वर मार्गमा पहिरो झर्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार धरान १३ नागेश्वर मार्गका निशान राईको ४ वर्षीय छोरा निहान  राई र ७ वर्षीय छोरी निसु राईको पहिरोले पुरेर मृत्यु भएको हो ।

आज करिब अढाई बजे तिर घर माथिबाट झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए । निकै बेरको प्रयासपछि बालबालिका फेला परेको उद्धारमा संलग्न कृष्ण राउतले कपुरी न्युजलाई बताए ।

उनका अनुसार दुवै बालबालिकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । तर उता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पहिरोले पुरेर दुवैको मृत्यु भएको जानकारी दिएको छ ।

Pahiro-2