विराटनगर : धरानमा ८ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना सङ्क्रमण भएको छ ।

६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, सङ्खुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण भएको हो ।

झापाको बिर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५-५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २-२, शिवसताक्षी, हाल्दिबारी र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २-२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहबी, बर्जू, गढी र वराहक्षेत्रमा १-१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।