धरान : नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडमा बाढी पसेपछि हिजो राति देखि प्रदेश १ को अधिकांश जिल्लाहरूमा विद्युत अवरुद्ध भएको छ ।

निरन्तरको वर्षाको कारण ग्रिडको सब स्टेसनको कन्ट्रोल बोर्डमा नै पानी पसेकोले पानी नघटे सम्म विद्युत आपूर्ति हुन नसक्ने प्राधिकरणले जनाएको छ ।

लामो समय सम्म विद्युत अवरुद्ध हुँदा अहिले मोबाइल फोन समेत राम्रो सँग सञ्चालन हुन सकेका छैनन् ।