धरान : निरन्तरको वर्षा सँगै विभिन्न खोला नदीहरूमा आएको बाढीसँगै सप्तकोशी नदीमा पनि आज पानीको बहाव बढेको छ ।

हिजो बिहान देखि पानीको बहाव बढेको भए पनि आज बिहान ६ बजे गरिएको मापनमा २ लाख ६० हजार ४ सय ५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पानीको बहाव बढेपछि अहिले ५६ ढोका मध्ये ४२ ढोका खुल्ला गरिएको छ । पानीको बहाव अहिले पनि बढिरहेको छ । पानीको बहाव बढेपछि खतराको सङ्केत दिने रातो बत्ती पनि बालिएको कन्ट्रोल रुमले जनाएको छ ।