विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाह्रदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा १४, सुन्दरहरैचा र कानेपोखरीमा २-२, बेलबारीमा १, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

देश १ मा आज ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।