विराटनगर : धरानमा ३ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, बिर्तामोड र अर्जुनधारामा २-२, कमल गाउँपालिकामा १, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।