चतरा नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले बाढि पीडित मुसहर बस्तीमा खाद्यान्न वितरण गरेको छ । वडा नं ४ कार्य समितिसँग समन्वय गरेर नेपाली काँग्रेस नगर समितिले वडाको प्रतापपुरका करिब १ सय मुसहर समुदायका परिवारलाई राहत प्रदान गरेको हो ।

दैनिकी ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका बस्तीका मुसहर परिवारलाई अविरल वर्षाले रोजगारी र घरमै पानी बसे पछि दोहोरो चपेटामा परेका थिए । समिति खाद्यान्न त्यो पनि पानीले भिजाई दिएपछि खाद्यान्नको जोह गर्न समस्या परेका उनीहरूलाई नेपाली काँग्रेसले राहत स्वरूप खाद्यान्न व्यवस्थापन गरिदिएको नेपाली काँग्रेसले वराहक्षेत्र नगर समितिका सभापति रमेश कार्कीले बताए ।

बुधवार बेलुका पहिलो चरणमा राहत वितरण गरिएको उक्त बस्तीमा शुक्रवार बिहान छुटेका परिवारलाई राहत वितरण गरिने सभापति कार्कीले बताए । उक्त राहत वितरण कार्यक्रममा नगर कार्य समितिका पदाधिकारी, सदस्य, वडा कार्य समितिका पदाधिकारी, सदस्य तथा नेपाली काँग्रेसका नेताहरूको उपस्थिति एव सहभागिता रहेको थियो ।

पीडित किसानलाई राहत दिन वराहक्षेत्र काँग्रेसको माग

केही दिन अगाडि परेको निरन्तर वर्षाका कारण सयौँ किसानले लगाएको धानवालिमा क्षति पुर्‍याएको भन्दै नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले स्थानीय सरकारसँग किसानलाई राहत दिन माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति मार्फत नेपाली काँग्रेसले पीडित किसानलाई राहत दिन माग गरेको हो ।

देशभर नै वर्षाले जनधनमा क्षति पुराएकोमा दुख व्यक्त गर्दै राहत र सहयोगमा जुट्न आव्हान गरेको छ । दुखको यो समयमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एव भातृ तथा शुभेच्छुकहरूमा सहयोग र राहतको कार्यमा लाग्न आग्रह समेत गरेको छ ।

congress-kissan