इटहरी : पारिलो घाममा अलेली गहुँ बाटोमा बिस्कुन लागेका छन्। पानीले भिजाएका अन्न बाटोमा सुकाइएका छन्। मङ्गलवारको अविरल वर्षापछि आएको बाढीले घरमा भएको गहुँ सँगै कुनै अन्न सद्दे छैनन्।

अन्नबाली सँगै किताब सुकाउँदै थिइन् इटहरी-८ स्थित टेङ्ग्रा टोल मुसहर बस्तीकी राधिका सदा। घर भित्रको पानी सुक्न थालेपछि भिजेका सामान अहिले बाटैभरि बिस्कुन बनेका छन् । घरका अभिभावक जस्ता देखिनेहरूले भिजेका धान गहुँ मकैहरू बाटोमा बिस्कुन लगाएका छन् ।

लुगा र अन्नकै लहरमा स्कुल पढ्ने साना नानीहरू भने बिहीबार आफ्ना किताबहरू बाटोमा सुकाउँदै थिए । जनता माविको कक्षा ४ मा पढ्ने राधिका सदा फटाफट आफ्नो किताब घाममा ल्याई रहेकी थिइन । नयाँ किताब पाएपछि कोभिड महामारीको कारण सदाको स्कुल गएकी थिइनन् । स्कुल सम्म या किताब पुर्‍याउन नपाउँदै राधिकाको कति किताब काम नलाग्ने गरी नै भिज्यो।

कति पढ्न मिल्ने छन् कति नमिल्ने पनि, राधिकाले भनिन 'गणित चैँ हरायो अरू खोज्दै छु।'

राधिका सदा मात्र हैन, जनता माविको कक्षा ८ मा पढ्ने अनु सदाको पनि किताब सबै पानीले भिजायो । अनुका पनि धेरै किताब च्यातिएका छन् । नच्यातिएको त सुकाएर पढ्न मिल्छ तर च्यातिएका किताब अब कसरी पढ्ने भन्ने पिरलो उनमा छ ।

भर्खरै मात्र स्कुलले नयाँ किताब दिएकोले अब फेरी किताब नदिने हो कि भन्ने चिन्तामा अनु थिइन । नयाँ किताब पाइन्छ त भन्ने प्रश्नमा उनले भनिन् 'अस्ति भर्खर त किताब दिएको हो, स्कुल पनि लागेको थिएन हामीले खै के गर्नु हुन्छ सरहरूले अब ।'

अनुले भनेपछि किताब सुकाउन आएकी कक्षा ७ मा पढ्ने आसिका सदा बोलिन । किताब भिजेकाहरू लाई नयाँ किताब दिने जानकारी पाएकी आसिकाले अनु तिर हेर्दै भनिन ' हिजो भनेको नयाँ किताब दिन्छ अरे ।'

यता इटहरी उपमहानगरपालिका ८ नम्बर वार्डका वडाध्यक्ष रोहित चौधरीले किताबको व्यवस्थापन गर्न वडाले सहयोग गर्ने बताए । खाध्यान राहतको लागि लागत लिँदा भिजेका किताबको पनि लागत लिएर व्यवस्थापन गर्ने चौधरीले बताए ।

badi-effect-itahari

खानाको समस्या उस्तै !

सुगम सहरको दुर्गम बस्ती हो टेङ्ग्रा टोल । इटहरी उपमहानगरपालिकाको मूल चोक देखि करिब ३ किलोमिटर दक्षिण पश्चिममा मुसहर बस्ती छ । लहरै मुसहर परिवारको बाहुल्य रहेको सो क्षेत्रलाई टेङ्ग्रा टोल भनेर समेत चिनिन्छ ।

करिब अहिले ८० परिवार मुसहर समुदायका छन् । मङ्गलवार को बाढीले मुसहर लगायत उक्त टोलका अधिकांशको घरमा पनि पस्यो । अलेली जोहो गरेको अन्न समेत निकाल्न पाएनन् स्थानीयले ।

'राति देखि पानी परेको बिहान त सबै डुबायो' स्थानीय आसा सदाले भनिन 'आदि बोरा गहुँ र अलिकति चामल थियो चाहिँ भिज्यो।'

आसाको मात्र हैन । उनका छिमेकीले समेत अलेली जम्मा गरेको अन्न सबै भिजायो। अन्न भिजेका स्थानीयहरूलाई वडाले दुई छाक भने खाना खुवायो। सो वार्डका वडाध्यक्ष रोहित चौधरीको पहलमा मुसहर परिवारले खाना खान भने पाए।

उमेर अलि वयस्क देखिने सो क्षेत्रका स्थानीयलाई खाना अब फेरिका दिनमा कसले खुवाउँछ भन्ने चिन्ता छ । फोटो खिच्दै गर्दा एक स्थानीयले राहत कहिले आउँछ भनेर सोध्न सम्म भ्याए । 'अलिकति चामल थियो भिज्यो, मेरो पनि फोटो खिच्दिनु ल राहत दिन्छ क्या ।'