धरान : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेका छन् ।

उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरे लगत्तै प्रदेशसभा बैठक कार्तिक ७ गते आइतबार दिउसो साढे १२ बजे सम्मका लागि स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन आइतबार हुने जानकारी दिएका छन् ।