विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना सङ्क्रमण भएको छ ।

४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको भद्रपुरमा १०, बिर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा ३-३, हाल्दिबारी र कनकाईमा २-२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १-१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।