झापा: नेकपा एमाले १०औँ अधिवेशन वाट झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा लक्ष्मी प्रसाद बाँस्कोटा वडा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले बिर्तामोड नगरपालिका वडा नं ५ का निवर्तमान अध्यक्ष ढाँचाराज कडरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले स्थाई समितिका सदस्य नरेश खरेलको प्रमुख अतिथ्यता रहेको थियो ।

वडामा ३१ जना सदस्य सहित एक अध्यक्ष एक उपाध्यक्ष एक सचिव र २ उप सचिव लगायत सबै समेत सर्वसम्मत समिति चयन भएको छ। जसमा अध्यक्ष पदका लागि लक्ष्मी प्रसाद वाँस्कोटाको एक मात्र उम्मेदवारी परेको थियो भने अन्य पदमा भने समझदारी गरेर वडा समिति चयन भएको थियो ।

नवगठित समितिको अध्यक्षमा लक्ष्मी प्रसाद वाँस्कोटा, उपाध्यक्षमा सरिता चाम्लिङ, सचिवमा अम्बिका लिङ्देन, उप-सचिव दीपक चम्लागाई र विशाल धिमाल चयन भएका छन्। अध्यक्ष वाँस्कोटा बिर्तामोड नगरपालिका वडा नं. ५ वाट निर्वाचित जनप्रतिनिधि समेत हुन । वडामा जनप्रतिनिधि हुँदाका बखत आम नागरिकको नजरमा राम्रो छवि बनाएका वाँस्कोटा वडाको पूर्वाधार विकास समितिको संयोजक समेत हुन ।   

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन भएका छन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरी अधिवेशन उद्घाटन भएको थियो।