धरान : नेकपा एमालेको १४ औँ महाधिवेशन अन्तर्गत शनिवार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न भएको छ ।

बाँकी ६ वटा वडामा भने सहमति हुन नसकेर अलग अलग कमिटी बनेको जानकारी प्राप्त भएको छ । वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो ।

वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र आयोजना गरे पनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरू हलबाट बाहिरिँदै अलग्गै कमिटी बनाएका छन् । धरान-१५ मा बिहान सहमति भएपछि एकै स्थानमा वडा अधिवेशन सम्पन्न भएको छ । तर उता वडानं.१, ५, ८, १०, ११ र १७ मा सहमति हुन नसकेकोले अलग अलग कमिटी बनेको छ ।

UML-2 3

धरान-२ मा अध्यक्षमा रमेश राई, उपाध्यक्षमा तारा उदास, सचिवमा ज्ञानेन्द्र बस्नेत, उपसचिवमा सुरेन्द्र बज्राचार्य, उपसचिवमा समीर राई सर्वसम्मत नेतृत्वमा चयन भएका छन् ।

धरान-३ मा अध्यक्षमा सुयोग पाख्रिन, उपाध्यक्षमा हरिप्रसाद शाही, सचिवमा सुनिल आचार्य, उपसचिवमा गीता गिरी, उपसचिवमा लालवीर राई सर्वसम्मत नेतृत्वमा चयन भएका छन् ।

धरान-४ मा अध्यक्षमा दोर्णबहादुर कटुवाल, उपाध्यक्षमा विमल राना, सचिवमा भगत चाम्लिङ, उपसचिवमा टिकामाया राई, उपसचिवमा टंका आले मगर, धरान-६ मा अध्यक्षमा हरि राई, उपाध्यक्षमा एसपजंग रुम्दाली, सचिवमा नरेश आचार्य, उपसचिवमा मनिता तामाङ, उपसचिवमा चन्द्रप्रसाद दाहाल सर्वसम्मत नेतृत्वमा चयन भएका छन् ।

धरान-७ मा अध्यक्षमा राजेशराज मोक्तान, उपाध्यक्षमा सरला कार्की, सचिवमा दीपक श्रेष्ठ, उपसचिवमा भावकमान भुजेल, उपसचिवमा रञ्जना तुलाधर, धरान-९ मा अध्यक्षमा शिवकुमार राई, उपाध्यक्षमा किरण थापा, सचिवमा रामकुमार दास, उपसचिवमा रविन श्रेष्ठ, उपसचिवमा क्षितिज योञ्जन, धरान-१२ मा अध्यक्षमा भोलानाथ बराल, उपाध्यक्षमा इन्दु सुब्बा, सचिवमा सुन्दर लिम्बू, उपसचिवमा निरु राई, उप–सचिवमा पछि मनोनीत गरिने बताइएको छ ।

UML-3

यसै गरी धरान-१३ मा अध्यक्षमा घनश्याम तिम्सिना, उपाध्यक्षमा तारा तामाङ गोले, सचिवमा विष्णु चौलागाई, उपसचिव ऋतु राई, उपसचिवमा भीम शेर्पा, धरान-१४ मा अध्यक्षमा सूर्य पोखरेल, उपाध्यक्षमा उत्तम आले, सचिवमा परशुराम खतिवडा, उपसचिवमा साकार पोखरेल र महिला उपसचिवमा पछि मनोनीत गरिने जनाइएको छ ।

यसै गरी धरान-१५ मा अध्यक्षमा ज्ञानेन्द्र बस्नेत, उपाध्यक्षमा बादल भट्टराई, सचिवमा लोकबहादुर तामाङ, उपसचिवमा विमला जबेगु,उपसचिवमा रूपक श्रेष्ठ, धरान-१६ मा अध्यक्षमा दिलकुमार गिरी, उपाध्यक्षमा डम्बरबहादुर राई, सचिवमा हिराबहादुर राउत, उपसचिवमा मोनालिसा श्रेष्ठ र उपसचिवमा अशोक राई सर्वसम्मत नेतृत्वमा चयन भएका छन् ।

धरान-१८ मा अध्यक्षमा उद्धव राई, उपाध्यक्षमा सीता राना राई, सचिवमा खेमराज राई, उपसचिवमा निर्मल राई, उप–सचिवमा गोपी योगी, धरान-१९ मा अध्यक्षमा लोकेन्द्र राई, उपाध्यक्षमा चित्र लिम्बू,सचिवमा सुनिल लिम्बू, उपसचिवमा झुमा गुरुङ, उपसचिवमा रायन लिम्बू, धरान-२० मा अध्यक्षमा कर्ण तामाङ, उपाध्यक्षमा पदमबहादुर राई, सचिवमा ओमकुमार राई, उपसचिवमा सुशीला राई, उपसचिवमा पछि मनोनीत गरिने छ ।

मजदुर शाखा कमिटीको अध्यक्षमा विकेश श्रेष्ठ, उपाध्यक्षमा हेम सेढाई, सचिवमा गोपी योगी, उपसचिवमा कमला बस्नेत, उपसचिवमा सुरज राई सर्वसम्मत नेतृत्वमा चयन भएका छन् ।

यसै गरी सहमति हुन नसकेको ६ वटा वडामा संस्थापन पक्षको कमिटीमा धरान-१ मा अध्यक्षमा कृष्ण शाह, उपाध्यक्षमा कुशल श्रेष्ठ, सचिवमा ऋतुमर्दन श्रेष्ठ, उपसचिवमा सृजना खकुरेल, उपसचिवमा अमित शाह, धरान- ५ मा अध्यक्षमा विजय राई, उपाध्यक्षमा भीमबहादुर चौहान, सचिवमा किरण कार्की, उपसचिवमा निशा तामाङ, उपसचिवमा रमेश कोइराला सर्वसम्मत चयन भएका छन् ।

13

यस्तै धरान-८ को अध्यक्षमा विश्वराम कार्की, उपाध्यक्षमा खेम उप्रेती, सचिवमा लिला बास्तोला, उपसचिवमा सुमन श्रेष्ठ, उपसचिवमा निश्चल लिम्बू, धरान-१० को अध्यक्षमा विवेक राई, उपाध्यक्षमा तारा राई, सचिवमा दीपिका राई, उपसचिवमा अविनाश राई, उपसचिवमा दीपक श्रेष्ठ, धरान-११ को अध्यक्षमा किरण राई, उपाध्यक्षमा कृष्णप्रसाद रिजाल, सचिवमा इन्द्रकुमार राई, उपसचिवमा शकुन्तला भुसाल, उपसचिवमा शुभ लिम्बू सर्वसम्मत चयन भएका छन् ।

यस्तै धरान-१७ को अध्यक्षमा रेवत याक्खा, उपाध्यक्षमा अमित राई, सचिवमा प्रदीप राई, उपसचिवमा चन्द्रकला राई, र उपसचिवमा प्रताप राई सर्वसम्मत चयन भएका हुन् ।

9-no-warda UML-1 1