धरान : बालबालिकालाई आज आइतबार र भोलि सोमबार देशव्यापी रूपमा 'भिटामिन ए' र जुकाको औषधि खुवाइँदै छ।

राष्ट्रिय 'भिटामिन ए' कार्यक्रम सञ्चालनको लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित रूपमा भिटामिन ‘ए’ खुवाउन लागिएको हो ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको पौडेलले बताए।