झापा: झापामा प्रहरीले जुवाको खालबाट ठुलो मात्रामा नगद सहित चारजना जुवाडेलाई पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नि राई, ४० वर्षीय लाल बहादुर लिम्बु, ४५ वर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ वर्षीय सुरेश लिम्बु रहेका छन्।

शनिवार राती ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ३ बुङ तास, १ लाख ७३ हजार ५ सय नगद सहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ।