इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले इटहरी आएर बाढी पीडितको लागी राहको व्यवस्था मिलाउने बताएका छन् । मंगलबार आएको बाढीका कारण समस्यामा परेका पीडितको लागी सरकारले उचित राहतको व्यवस्था मिलाउने बताएका हुन् ।

आइतबार बिहान सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सँगको भेटघाटमा उनले बाढी पीडितको पक्षमा सरकार रहेको बताए । भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले ज्ञापन पत्र बुझाएका छन्।

बाढी डुबानको कारण ठुलो मात्रामा धनजनको क्षति भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवा सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने बाचा गरे। प्रधानमन्त्री देउवाको आजै पाँचथरका बाढी पहिरो पीडितसँग भेटघाट गर्ने कार्यक्रम छ ।