धरान : मोरङको लेटाङ नगरपालिका–९ मा आज बिहान मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।