धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमक, बिर्तामोड र कनकाईमा ६-६, शिवसताक्षी, भद्रपुर , अर्जुनधारा र मेचीनगरमा २-२, गौरादह, बुद्धशान्ति र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा १७, सुन्दरहरैचामा ६, बेलबारीमा २, पथरीशनिश्चरे, लेटाङ र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ७, रामधुनीमा २, इलामको माईमा २, इलाममा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।