चतरा : नेपाली काँग्रेसका नेताहरूले वराहक्षेत्र-४ नयाँ पुल (खोरिया) का २० परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

आइतबार नेपाली काँग्रेसका नेता पूर्ण सुवेदी, अजय राई, गणेश सुब्बा र विष्णु खड्काले बाढी पीडित परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन् ।

दैनिकी ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका बस्तीका मुसहर परिवारलाई अविरल वर्षाले रोजगारी खोसिएको तथा घरमै पानी बसेर क्षति भई दोहोरो चपेटामा परेका थिए ।

घरमा रहेको खाद्यान्न पनि पानीले भिजाई दिएपछि खाद्यान्नको जोह गर्न समस्या परेका उनीहरूलाई नेपाली काँग्रेस वराहक्षेत्रका सहसचिव दिबानसिह राईको पहलमा राहत प्रदान गरिएको हो ।