धरान : उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जङ्गलबाट ५३ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् । आज बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जङ्गलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।