चतरा  : वराहक्षेत्र -८ बाघझोडाका समाजसेवी रोशन खड्काको पहलमा बाढी प्रभावित परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । 

सोमवार बिहान खड्काको अग्रसरतामा वराहक्षेत्र ३, ६, ७ र  ८ वडाका ७२ जना बाढी प्रभावित परिवारलाई राहत स्वरूप खाद्यान्न प्रदान गरिएको थियो ।

दैनिकी ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई अविरल वर्षाले रोजगारी र घरमै पानी बसे पछि दोहोरो चपेटामा परेका थिए ।

खाद्यान्न पानीले भिजाई दिएपछि खाद्यान्नको जोह गर्न समस्या परेका उनीहरूलाई खड्काको पहलमा वराहक्षेत्र सरोकार अन्तर्राष्ट्रिय सञ्जाल दक्षिण कोरिया र अस्ट्रेलिया मार्फत खाद्यान्न उपलब्ध भएको थियो ।