धरान : पाँचथरको फिदिममा भएको बस दुर्घटनामा मृत्यु भएका ४ जना मध्ये ३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार लेटाङ नगरपालिका ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ बर्षीया प्रमीला देवान, उनकै ७ महिने छोरा निश्चल देवान रहेका छन् ।

Pachthar-Bus-Durghatana-3

एक जनाको अझै पहिचान हुन नसकेको महिलाको समर्पित अस्पतालमा पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने को १ ख ३८६५ नम्बर को यात्रुवाहक बस निबुखोलाबाट यात्रु लिएर झापा आउने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोक मार्गको थाक्लेमा आज बिहान ११ बजे दुर्घटना भएको हो । सडकबाट बस २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

Pachthar-Bus-Durghatana-2

सो दुर्घटनाबाट गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागी झापा पठाएको तथा अन्य घाइतेहरूको समर्पित अस्पताल, पाथीभरा अस्पताल र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

तस्बिरहरू : विजयबोध लावती

Pachthar-Bus-Durghatana-1