धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १-१, झापाको बिर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २-२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हाल्दिबारी, बुद्ध शान्ति र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, वराहक्षेत्र, गढी र हरिनगरमा १-१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।