धरान : बैकिंङ कसुर मुद्दामा फरार धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

वैकिंग कसुर मुद्दामा मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ महिना कैद तथा ५ लाख जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय, रिटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।