धरान : धरान-१३ सूर्य मार्गबाट प्रहरीले  गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाँसपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ वर्षीय किरण भन्ने हेमन्त राई रहेको प्रहरीले जानकारी दिएको छ।

सोमबार राती साढे ९ बजे अस्थायी प्रहरी पोष्ट अमर हाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको थियो । घटना बारे इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ।