खोटाङ : खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ हस्पिटल चौकमा रहेको हरि जोशीको घरबाट प्रहरीले तास, नगद सहित पाँच जना जुवाडे पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका ५ का २७ वर्षीय हिराधन राई, साकेला गाउँपालिका २ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोम बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ।

आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १ बुक तास, ७१ हजार २० रुपैयाँ नगद सहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।